थाहा छ मलाइ , म बिना मर्छु भनेर धम्की पनि दिन्थेउ , हो येहि सोच बदल्न कति कोसिस गरे तर कैलै सम्झेनौ । तर आज्कल तिमी अक्सिजन बिना पो मान्छे मर्छ , मान्छे बिना किन मर्ने भन्ने तर्क दिन थालेछौ । कति खुशी लाग्छ मलाइ तिमी मा आएको यी परिवर्तन देख्न पाउदा । तर किन किन यी सब तिम्रा देखावटी आवरण हुन जस्तो लाग्छ । तिमी सोच बद्लेर एक स्वतन्त्र नारी भएर अगाडि बढेको हेर्न चाहेको छु । nibba nibbi जस्तो माया प्रेममा हराएको हेर्न होइन ।
थाहा छ मलाइ , तिमी भन्छौ 'तँ भन्दा कैयौं राम्रा केटा पाएर देखाउछु ।' । अरे तिम्रो छवि यदि कोहि अर्को केटो आयेर उच्छ हुन्छ भने तिमी सधै एक मूर्ख नै रहनेछौ । आफू राम्रो बन , हुन त म तिमिलाइ सल्लाह दिने लायक नहुला । तर जे भोगेर बुझेको छु तेस्ले के भन्छ भने " अरुलाइ देखाउन गरिएको परिश्रमले कैलै पनि सफल बनाउदैन । जब आफुलाइ निखार्न परिश्रम गरिन्छ तब मात्र सफलता को मज्जा लिन सकिन्छ । "
मलाइ थाहा छ , नारी को सम्मान गर्न तिम्ले केही हद् सम्म सिकाएको छौ । आज पनि म तेहि मार्ग मा छु , र म एक्दम सुकुन महशुस पनि गर्छु । निशा लाई गरेको गाली आज पनि याद छ , तेसैमा तिम्ले मलाई दिएको सुझाव पनि मनन छ । तर तिम्ले दिएको ज्ञान ले तिम्रो मम्मी लाई गालिगर्न बाट रोकेन । तिमिलाइ अपशब्द प्रयोग गर्न बाट रोकेन । पश्चाताप छ र हुनेछ सधै नै ।
मलाइ थाहा छ , म तिम्रो पहिलो प्रेम जुन तिम्रो अन्तिम सास सम्म याद हुनेछु । सुनेको छु मान्छे आफ्नो पहिलो अनुभव चाहेर पनि बिर्सिदैनन रे । तर तिम्लाइ मेरो याद ले पिर्ने भो नि है । तिम्ले आफ्ना नाति नातिना काख मा खेलाउदै गर्दा समेत तिमिलाइ एउटा नाम सधै याद हुनेछ " कृता" ।
तर यार बहुत नराम्रो लाग्छ जब देख्छु तिमी आफ्नो सकारत्मकता गुमाइ राखेको छौ । तिमिमा मान्छेलाइ हेर्ने नजर नै एक्दम आश्चर्यजनक छ । आशा छ , म गलत साबित हुँ अनि तिमिलाइ सदैव अगाडि बढेको देखि जलन महशुस गर्न पाउँ ।
चिन्ता नगर , तिमी मेरो पहिलो प्रेम नभए पनि । अधुरो सपना जरुर हौ । जुन म कदापी भुल्ने छैन । तिम्रा लागि निशब्द म , शब्द सदैव कोर्ने छु ।
continued...